करुणारन्ते र थिरिमानेको शतकले दोस्रो टेस्टमा श्रीलंका बलियो
काठमाडौं। दिमुथ कुरुणारत्ने र लहिरु थिरिमानेले शतक बनाएपछि बंगलादेशविरुद्ध दोस्रो टेस्टको पहिलो दिन श्रीलंका बलियो स्थितिमा रहेको छ। करुणारत्नेले ११८ रन बनाए। पहिलो दिन सकिँदा थिरिमाने १३१ र ओशाडा फर्नान्डो ४० रन बनाएर क्रिजमा छन्। पाँच हजार रन पूरा गरेका करुणारत्ने शोरिफुल स्लामको बलमा लिटोन दासमार्फत् क्याच आउट भएका थिए। दुई देशबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो।
प्रतिक्रिया दिनुहोस्