आईपीएल : मुम्बईद्वारा राजस्थान सात विकेटले पराजित एजेन्सी। आईपीएलमा मुम्बई ईन्डियन्सले राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा १७१/४ रन बनायो। १७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईको जितमा क्वीइन्टन डिकाकले सर्वाधिक ७० रन बनाए। त्यस्तै क्रुनल पन्ड्याले ३९ र किरन पोलार्डले १६ रन जोडे। मुम्बईका राहुल चहरले दुई विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्