कोलकातामाथि दिल्लीको सहज जित
काठमाडौं। ओपनर पृथ्वी शाले ४१ बलमा ८२ रन बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गरेको छ। जितसँगै १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा उक्लिएको छ। टस हारेर ब्याटिङका लागि निम्तो पाएको कोलकाताले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो।
प्रतिक्रिया दिनुहोस्