पाकिस्तानविरुद्धको पहिलो टेष्टमा जिम्बाब्वेको कमजोर सुरुआत काठमाडौं। पाकिस्तानका शाहीन शाह अफ्रिदी र हसन अलीले समान चार विकेट लिएपछि पहिलो टेष्टमा जिम्बाब्वेले कमजोर सुरुआत गरेको छ। जिम्बाब्वेले पहिलो इनिङमा १७६ रन बनाउँदा सबै विकेट गुमायो। जिम्बाब्वेका रोय काइयाले सबैभन्दा धेरै ४८ रन बनाए। पहिलो दिन सकिँदा पाकिस्तान बिना विकेट क्षति १०३ रन बनाएर खेलिरहेको छ। पाकिस्तानका इमरान बट ४३ र अबिद अली ५६ रन बनाएर क्रिजमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्