पहिलो जितको खोजीमा एफसी चितवन काठमाडौं। दोस्रो स्थानमा रहेको धनगढी एफसीले आज नेपाल सुपर लिगको पहिलो खेलमा छैटौं स्थानमा रहेको एफसी चितवनविरुद्ध खेल्दैछ। मेघराज केसीको प्रशिक्षणमा रहेको चितवन पहिलो जितको पर्खाइमा छ। युगलकिशोर राईको प्रशिक्षणमा रहेको धनगढी भने आज विजयी नतिजा निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ। चितवनको यो तेस्रो खेल हो भने धनगढीको यो चौथो खेल हो। खेल दशरथ रंगशालामा दिउँसो २ः३० बजे हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्