पाकिस्तानलाई पहिलो इनिङमा २५० रनको अग्रता
एजेन्सी। फवाद आलमले १४० रन बनाएपछि पाकिस्तानले जिम्बाब्वेविरुद्ध पहिलो टेष्टको पहिलो इनिङमा २५० रनको अग्रता लिएको छ। तेस्रो दिन पाकिस्तानले ४२६ रन बनाउँदा सबै विकेट गुमाएको हो। त्यसअघि हरारेमा जिम्बाव्वे १७६ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पाकिस्तानका आलमबाहेक इमरान बटले ९१ तथा अबिद अलीले ६० रन बनाए। जिम्बाब्वेका ब्लेसिङ मुजारबानीले चार तथा डोनाल्ड टिरिपानोले तीन विकेट लिए।
प्रतिक्रिया दिनुहोस्