पहिलो हाफमा बुटबल लुम्बिनी र बिराटनगर १-१ को बराबरीमा
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को त्रिपुरेश्वरमा जारी खेलमा बुटबल लुम्बिनी र बिराटनगर एफसीको पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा छैटौं मिनेटमा ओमालाजा नुरेन करिमले गरेको गोलबाट बुटबल लुम्बिनीले पहिलो अग्रता लिएको थियो। खेलको ४१औं मिनेटमा पोड्रो मान्जीले गरेको गोलबाट बिराटनगर खेलमा फर्किएको हो।
प्रतिक्रिया दिनुहोस्