नेपाल सुपर लिग : बराबरीमा रोकियो बुटबल लुम्बिनी र विराटनगर
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आजको खेलमा बुटवल लुम्बिनी र विराटनगर एफसीले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनीका ओमालाजा नुरेन करिम र लक्ष्मण रुचालले गोल गरे भने विराटनगरका लागि पोड्रो मान्जीले र सन्तोष तामाङले गोल गरे। जेठ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख पुरस्कार पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्