म्यानचेस्टर सिटी प्रिमियर लिग उपाधिनजिक एजेन्सी। क्रिष्टल प्यालेसलाई २-० ले पराजित गरेको म्यानचेस्टर इङ्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेको छ। आज भ्रमणकारी सिटीका लागि सर्जियो अग्विरोले ५७ र फरान टोरेसले ५९ औं मिनेटमा गोल गरे। यससँगै सिटीले शीर्ष स्थानमा १३ अंकको अग्रता लिएको छ। आइतबार म्यानचेस्टर लिभरपुलसँग पराजित भएमा सिटी पछिल्लो चार सिजनमा तेस्रोपटक इङ्लिस प्रिमियर लिग विजेता बन्नेछ। क्रिष्टल प्यालेस १३औं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्