उपाधि होडमा रहेको एट्लेटिको मड्रिड विजयी काठमाडौं। स्पेनिस ला लिगाको उपाधि होडमा रहेको एट्लेटिको मड्रिड विजयी भएको छ। गएराति एट्लेटिको मड्रिडले एल्चीलाई १–० ले हराएको हो। एट्लेटिकोका लागि २३ औं मिनेटमा मार्कस लोरेन्टेले गरेको गोल नै निर्णायक बन्यो। एल्चीका चाभस डी ला तोरेले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्न चुके। शीर्ष स्थानको एथ्लेटिकोको ३४ खेलबाट ७६ अंक भएको छ । दोस्रो स्थानको रियलको ७४ अंक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्