नेइमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित काठमाडौं। नेइमारको उत्कृष्ट प्रदर्शनप्रेरित पीएसजीले फ्रेन्च लिग वानमा लेन्सलाई २–० ले हराएको छ। पीएसजीको जितमा नेइमारले ३३औं मिनेटमा गोल गरे। नेइमारले नै सिर्जना गरिदिएको अवसरमा माक्र्विनोसले ५९औं मिनेटमा गोल गरे। जितपछि ७५ अंक जोडेको पीएसजी दोस्रो स्थानमा छ। शीर्ष स्थानको लिलीको ७६ अंक छ। लेन्स पाँचौं स्थानमा छ। पीएसजीले पिडौंलामा चोट लागेका केलियन एमबाप्पेलाई आरम दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्