लिभरपुलले आज सिटीलाई उपाधि जिताउला?
काठमाडौं। इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आज लिभरपुलविरुद्ध खेल्दैछ। शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई चार खेलअघि नै उपाधिबाट रोक्नका लागि युनाइटेडले आज लिभरपुललाई हराउँनै पर्नेछ। युनाइटेडले बराबरीमात्र खेले पनि अहिलेको गोलअन्तर कायम राखेर बाँकी खेल जित्ने हो भने सिटीले उपाधि जित्नेछ। युनाइटेडले जित्यो भने सिटीले अर्को खेल जित्नु पर्नेछ। सिटीले आजै उपाधि जित्ने नजित्ने लिभरपुलको नतिजाले तय गर्नेछ।
प्रतिक्रिया दिनुहोस्