राजस्थानद्वारा सनराईजर्स हैदराबाद ५५ रनले पराजित एजेन्सी। जोस बटलरको सतकप्रेरित राजस्थान रोयल्सले इन्डियन प्रीमियर लिग (आईपीएल) मा सनराईजर्स हैदराबादलाई ५५ रनले पराजित गरेको छ। दिल्लीको फिरोज शाह कोट्ला रंगशालामा टस हारेर पहिले ब्याटिङमा ओर्लिएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनायो। २२१ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो। राजस्थानका बटलरले १२४ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्