समर्थकको विरोधका कारण युनाइटेड र लिभरपुलबीचको खेलमा ढिलाइ
एजेन्सी। म्यानचेस्टर युनाइटेडका समर्थकहरूले ओल्ड ट्रफोर्ड मैदानमा गरेको मालिक ग्लेजर परिवार स्वामित्वको विरोधका कारण लिभरपुलविरुद्धको खेलमा किकअफ हुन ढिलाई भएको छ। युरोपियन सुपर लिग खेल्न समर्थन गरेको भन्दै समर्थकले रंगशाला र खेलाडी बसेको होटल अगाडि विरोध गरेका हुन्। ९ः१५ का लागि तय भएको खेलका लागि दुवै क्लबले खेलाडीको नाम पठाए पनि टिम रंगशाला पुगेको छैन।
प्रतिक्रिया दिनुहोस्