युभेन्टसको जितमा रोनाल्डोको दुई गोल काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले युडिनेसलाई २–१ ले पराजित गरेको छ। युडिनेसले नाहुएल मोलिनाको गोलबाट १०औं मिनेटमा अग्रता लियो। रोनाल्डोले ८३औं मिनेटमा बराबरी गोल फर्काए। ८९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा अर्को गोल थपेपछि युभेन्टसले जित पक्का गर्‍यो। युभेन्टस ६९ अंकका साथ तेस्रो स्थानमा छ। ८२ अंक जोडेको इन्टर मिलानले इटालियन सिरी ‘ए’ को उपाधि पक्का गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्