पञ्जाबलाई सात विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा एजेन्सी। शिखर धवनले अविजित ६९ रन बनाएपछि दिल्ली क्यापिटल्सले पञ्जाब किंग्स–११ लाई सात विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। कार्यबाहक कप्तान मयांक अग्रवालले ९९ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। दिल्लीले १६७ रनको लक्ष्य १७.४ ओभरमा भेट्टायो । दिल्ली १२ अंकका शीर्ष स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्