समर्थकको विरोध प्रदर्शनले युनाइटेड र लिभरपुलबीचको खेल स्थगित एजेन्सी। समर्थकहरूको विरोधका कारण म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित भएको छ। क्लबका मालिक ग्लेजर परिवार स्वामित्वको विरोधमा युनाइटेड समर्थकले रंगशाला र खेलाडी बसेको होटल आगाडि प्रदर्शन गरेका थिए। युनाइटेडले युरोपियन सुपर लिग खेल्न समर्थन गरेको भन्दै समर्थकले विरोध गरेका हुन्। युनाइटेड र लिभरपुलबीचको खेल गएराति ९ः१५ बजे हुने तय थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्