ला लिगा : दुवै मड्रिड क्लब विजयी, रियल शीर्ष स्थानमा उक्लियो

काठमाडौं। मड्रिडका दुई क्लब रियल र एट्लेटिकोले स्पानिस ला लिगामा जित हात पारेका छन्।

गएराती भएको खेलमा रियलले ओसासुना तथा एट्लेटिकोले मालोर्कालाई समान २-० गोल अन्तरले हरायो। सिजनको चौथो जित हात पारेको रियल मड्रिड लिगमा अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लेको छ। रियलले ६ खेलबाट १४ अंक जोडेको छ।

समान खेलबाट ४ जित र एक बराबरीको नतिजा निकोले एट्लेटिको १३ अंकसहित दोस्रो स्थानमा उक्लेको छ। रियलका लागि घरेलु मैदानमा जित दिलाउन भिनियस जुनिएरले ३६ औं र रोड्रिगोले ७२ औं मिनेटमा गोल गरे।

दश खेलाडीमा झरेर खेलको अन्त्य गरेको एट्लेटिकोका लागि डिएगो कोस्टाले २६औं र जाओ फेलिक्सले ६४ औं मिनेटमा गोल गरे। एट्लेटिकोका अल्भारो माराटा ७७औं मिनेटमा रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएका थिए।

यस्तै एथ्लेटिक विल्वाओले लेगानेससँग बराबरी खेल्दै अपराजित यात्रा कायम राखेको छ। यस सिजन रियल मड्रिड र विल्वाओ मात्र लिगमा अपराजित छन्।

६ खेलबाट ३ जित र ३ बराबरीको नजिता निकालेको विल्वाओ १२ अंकसहित तेस्रो स्थानमा छ। साविक विजेता बार्सिलोना १० अंकका साथ पाँचौ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्