कोलकत्ता र बैंगलोरबीचको खेल रद्द एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज हुने कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्द भएको छ। कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको हो। कोलकत्ताका वरुण चक्रावर्ती र सन्दिप वारियरमा कोरोना संक्रमणको पुष्टि भएको हो।यसअघि यी दुई टोलीबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुने तालिका थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्