काठमाडौं :दिपेन्द्र सिंह ऐरी नाम लिँदा पाठकलाई के के सम्झना आउँछ? विकेट लिएपछि उनले गर्ने समरसल्ट, छक्का हान्ने खेलाडी!! वा लजालु खेलाडी।

केही समयअघि सम्म अलराउण्डर दिपेन्द्र कम बोल्थे उनको ब्याट र बल बढी बोल्थ्यो। धेरैले उनलाई लजालु र कम बोल्ने भनेर पनि भन्थे। तर मुखबाट नबोलीपनि उनी मैदानमा आफ्नो प्रदर्शनबाट बोल्थे।

सन् २०१७ मा मलेसियामा भएको एसीसी यू-१९ एशिया कपतिर फर्कनुपर्छ दिपेन्द्रको ब्याट र बल मजैले बोलेको थियो। उनकै अलराउण्ड प्रदर्शनमा नेपालले भारतलाई त्यस प्रतियोगितामा पराजित गर्दै इतिहास रचेको थियो। कुनै पनि क्रिकेटमा भारत विरुद्ध त्यो नै नेपालको पहिलो जित थियो। त्यतिबेला कप्तान रहेका दिपेन्द्रले कप्तानी इनिङ्स नै खेले। भारतीय क्रिकेटका 'वाल' भनेर चिनिने राहुल द्रवीडको प्रशिक्षणमा रहेको टोलीलाई नेपालले हराएको थियो।
उमेर समूहमा कप्तान बनेपछि दिपेन्द्र केही बोल्ने भएका थिए।

भारतविरुद्ध ऐतिहासिक जित हात पारेको दुई वर्ष भयो। दिपेन्द्रले सिनियर टिमबाट पनि धेरै खेल खेलिसकेका छन् केही खेलमा म्याच विनिङ प्रदर्शन गरेका छन्। समय केही फेरिएको छ। दिपेन्द्र अब बोल्ने ठाउँतिर पुगिसकेका छन्। घरेलु लिगहरुमा फ्रेन्चाइज्ड टिमको कप्तानी गरिसकेका दिपेन्द्रले पहिलो पटक सिनियर टिमको उपकप्तानको जिम्मेवारी पाएका छन्।

केही सिनियर खेलाडी टिममा नपर्नु अनि नियमित उपकप्तान रहेका ज्ञानेन्द्र मल्लले आगामी सिरिजबाट नाम फिर्ता लिएपछि दिपेन्द्रले मौका पाएका हुन्।

नेपालले सिंगापुरमा त्रिकोणात्मक टी-२० आई सिरिज खेल्नेछ भने ओमानमा ५ राष्ट्र सहभागि टी-२० आई सिरिज खेल्दैछ। त्यही सिरिजका लागि पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा दिपेन्द्र उपकप्तानको भूमिकामा रहेका छन्।

सिंगापुर उड्नुअघि बुधवार देखापढीसँगको कुराकानीमा दिपेन्द्रले आफ्नो नयाँ भूमिका र टुरका लागि आफू तयार रहेको बताए। "उपकप्तान भएको छु खुशी लागेको छ। जसरी म पहिला खेलाडीको रुपमा खेल्थें, खेल्ने त त्यसरी नै हो। भूमिका फरक भएको छ। अब उपकप्तानको अलीकती जिम्मेवारी भने थपिएको छ।", दिपेन्द्रले भने, "पहिला सिरिजका लागि सिंगापुर जाँदैछौं । त्यसका लागि हामी तयार छौं। प्रत्येक खेललाई एक–एक गरेर हेर्नेछौं।"

उनले टिममा रहेका सिनियर खेलाडीबाट जुनियरले सिक्नुपर्ने बताए। "सिनियर-जुनियर भन्दा पनि जो-जो नयाँ परेको खेलाडी छ, उसले कसरी खेल्ने अनि टिममा भएका सिनियर खेलाडीबाट कसरी सिक्ने भनेर अगाडि बढ्नेछौं।"
सन् २०१७ मा आइसीसी वर्ल्ड क्रिकेट लिग अन्तर्गत केन्याविरुद्धको खेलमा घरेलु मैदानमा खेल्दै दिपेन्द्रले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका थिए। त्यसयता उनले पछाडि पर्केर हेर्नु परेको छैन। केन्यालाई हराउँदा तात्कालिन राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले दिपेन्द्रलाई मिडल अर्डरको खम्बा नै भनेका थिए। केही खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि उनले छोटो समयमै आफूलाई स्थापित गरिसकेका छन्।

घरेलु फ्रेन्चाइज्ड क्रिकेट लिगमा पनि दिपेन्द्र विभिन्न टिमको नेतृत्व गरिसकेका छन्। त्यसले गर्दा पनि सजिलो हुने उनको बुझाई छ।

यस पटक टिममा युवा खेलाडीको बाहुल्यता छ। सँधै पारस, ज्ञानेन्द्र, शरद र बसन्त हुने नेपाली टिममा यस पटक पारस एक्ला बृहस्पति जस्तै छन्। पारसपछि सिनियरको आधारमा हेर्ने हो भने विनोद भण्डारीको नाम आउँछ, उनी विकेटकिपर हुन्। त्यसपछि सोमपाल कामी, करण केसी, आरिफ शेख,सन्दीप लामिछाने जस्ता खेलाडी पर्छन्।

टी-२० सिरिज फास्ट हुने भएकोले यस पटक टिममा युवा खेलाडीलाई अवसर दिएको र नेपालमै हुने सागको लागि टिम तयार पार्न सहयोग पुग्ने प्रशिक्षक र कप्तानले बताइसकेका छन्।
एकै पटक धेरै खेल खेल्न गइरहेकोले युवा खेलाडीलाई धेरै दवाव हुँदैन ? भन्ने प्रश्नमा दिपेन्द्रले सहज जवाफ दिए। "सायद त्यस्तो प्रेसर हुँदैन होला। किनभने डीपीएल, इपीएल, पीपीएल जस्ता टी-२० म्याचहरु खेलिराछन्। सिनियर दाईहरु सबैसँग खेलिसकेको छ। त्यसैले प्रेसर हुँदैन जस्तो लाग्छ।"

सिनियर खेलाडी टिममा नपर्नुले यस पटक टिमको कम्बिनेसन पनि परिवर्तन हुने पक्कापक्की नै छ। यसअघि टी-२० क्वालिफायरमा कप्तान पारससँग ओपनिङ गरेका ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी जस्ता खेलाडी टिममा छैनन्। त्यसैले यू-१९ का पवन सर्राफ र नयाँ अनुहारका रुपमा आएका इशान पाण्डे मध्ये एकले ओपनिङ गर्ने सम्भावना छ। यस्तै मिडल अर्डरका शरद भेषावकर पनि टिममा छैन। दिपेन्द्रसँगै विश्व कीर्तिमानी रोहित पौडेल र सन्दीप जोरा, विनोद भण्डारी, आरिफ शेख जस्ता खेलाडी मिडल अर्डरमा छन्। अर्का नयाँ अनुहार कुशल मल्ल अलराउण्डरका रुपमा छन्।

टिममा रहेका युवा खेलाडी र नयाँ खेलाडीका लागि यो टुर प्रमाणित गर्ने उपयुक्त अवसरको रुपमा रहेको दिपेन्द्र बताउँछन्। "युवा खेलाडीहरु जति छन् उनीहरुको लागि देखाउने मौका यही हो। आफूलाई कसरी प्रमाणित गर्ने भनेर यो टुरहरुमा देखाउने अवसर छ।आफूलाई सिनियर टिममा राख्न परफर्म गर्नुपर्छ।"

शुरुमा फास्ट बलिङ अलराउण्डरका रुपमा क्रिकेट करियर शुरुवात गरेका थिए दिपेन्द्रले। पछि अलराउण्डर बने। बीचमा चोटले सताइएपछि उनी ब्याट्सम्यान बनेका हुन्। सिनियर टिममा परेपनि दिपेन्द्रले शुरुमै कप्तान पारस खड्काको पोजिसन चौथो नम्बरमा ब्याटिङ गरे। त्यसपछि पारस वान डाउनमा आउन थाले र अहिले टी-२० मा ओपनिङ गर्न थालेका छन्। दिपेन्द्र भने आवश्यकता अनुसार तेस्रो, चौथो, पाँचौ नम्बरमा ब्याटिङ गरिरहेका छन्।
विशेषगरी दिपेन्द्र चौथो नम्बरमा ब्याटिङ गर्छन्। गत माघमा नेपालले युएई टुर गर्नुअघि नेपालको ब्याटिङ कन्सलट्यान्टका रुपमा आएका उमेश पटवालले त्यतिबेला तोकेरै दिपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्ने बताएका थिए। भलै उनको स्थान त्यतिमै सिमित भने रहेन।

अहिले उनै उमेश पटवाल मुख्य प्रशिक्षकको भूमिकामा छन्। अहिले टिममा युवा खेलाडीहरु धेरै रहेकाले दिपेन्द्रले ब्याटिङमा धेरै जिम्मेवारी लिनुपर्ने देखिन्छ। सम्भवत उनले तेस्रो वा चौथो नम्बरमा ब्याटिङ गर्नेछन्।

"ठ्याक्कै यो पोजिसनमा ब्याटिङ गर्छु भन्ने छैन। खेलको कस्तो सिचुएसन आउँछ। कोचले कुन सिचुएसनमा पठाउँछन्। त्यही अवस्थामा ब्याटिङ गर्छु मैले।", दिपेन्द्रले आफ्नो ब्याटिङ पोजिसनबारे भने।

ब्याटिङमा पोजिसन जस्तै दिपेन्द्र अहिले नेतृत्व लिने पोजिसनको समेत नजिक पुगेका छन्। टिमको मुख्य नेता कप्तानपछिको खेलाडी उपकप्तानको रुपमा उनी छन्। त्यसैले कुनै पनि बेला दिपेन्द्रले सिनियर टिम सम्हाल्ने अवस्था आउन सक्नेछ आगामी टुरमा। यसका लागि उनी तयार रहेको बताउँछन्। "पारस दाईसँग कप्तानीबारे कसरी सिक्न सक्छु त्यसैगरी सिकिराछु, आफूलाई तयार पारिरहेको छु। हरेक ठाउँमा फिल्डमा कसरी नेतृत्व गर्ने पारस दाईसँग सोधेर गरिरहेको छु।"

कप्तान पारसले टिम घोषणा हुँदा पनि टिममा रहेका १५ जनै खेलाडीलाई कप्तानका रुपमा तयार पार्नुपर्ने बताएका थिए। दिपेन्द्रलाई उपकप्तानी दिएकोतर्फ इङ्गित गर्दै पारसले यसो भनेका थिए।
नेपाली क्रिकेटको स्वर्णिम पुस्तालाई नेतृत्व गर्दै लगातार एक दशक कप्तानी गरिसकेका पारसले पनि अब नेतृत्व हस्तान्तरणको प्रक्रियामा रहेको बताइसकेका छन्। उनले त्यसको लागि दिपेन्द्र, सोमपाल लगायतका खेलाडीहरु तयार रहेको बताएका थिए।

घरेलु क्रिकेट र उमेर समूहमा नेतृत्व गरिसकेकाले पनि दिपेन्द्रलाई उपकप्तानको भूमिका पाउन सहयोग गरेको बुझ्न सकिन्छ। देखापढीसँगको अन्तर्वार्तामा पनि पारसले अन्तर्राष्ट्रिय स्तरमा खेल्न थालेपछि दिपेन्द्रले आफूलाई धेरै सुधार गरेको बताएका छन्।

पारसले सन् २००९ मा २२ वर्षको उमेरमै राष्ट्रिय टिमको कप्तानी गरेका थिए। जतिबेला टिममा सिनियर खेलाडीहरु समेत थिए। कप्तान हुनु दुई वर्षअघि पारस राष्ट्रिय टिमको उपकप्तान चयन भएका थिए। अहिले ठीक त्यस्तै अवस्थामा दिपेन्द्र रहेका छन्। दिपेन्द्र पनि अहिले २० वर्षका भए। अब पारस पुस्ताका खेलाडीहरु विस्तारै सिनियर टिमबाट टाढिँदै छन्। त्यसैले नयाँ विकल्पहरु सोच्न थालिएको छ र दिपेन्द्र त्यसका लागि अगाडि आइसकेका छन्। के दिपेन्द्र पनि पारस जस्तै २२ वर्षमै राष्ट्रिय टिमका कप्तान बन्लान् त?

दिपेन्द्रले ओडिआईमा नेपालका लागि ६ खेल खेल्दै १०८ रन बनाएका छन्। यस्तै ८ टी-२० अन्तर्राष्ट्रियमा उनले ११३ रन बनाएका छन्। ओडिआईमा उनको नाममा १ विकेट समेत छ।

" /> काठमाडौं :दिपेन्द्र सिंह ऐरी नाम लिँदा पाठकलाई के के सम्झना आउँछ? विकेट लिएपछि उनले गर्ने समरसल्ट, छक्का हान्ने खेलाडी!! वा लजालु खेलाडी।

"> सिनियर क्रिकेट टिमको उपकप्तान बनेका दिपेन्द्र भन्छन्– नेतृत्व गर्नुपरे तयार छु: Dekhapadhi
सिनियर क्रिकेट टिमको उपकप्तान बनेका दिपेन्द्र भन्छन्– नेतृत्व गर्नुपरे तयार छु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्