चितवन र बिराटनगरबीचको पहिलो हाफ गोलरहित बराबरी काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी एफसी चितवन र बिराटनगर सिटी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। लिगका तीनमध्ये दुईमा बराबरी र एकमा पराजित भएको चितवन दुई अंकसहित तालिकाको पुछारमा रहेको छ। त्यस्तै लिगका तीनमध्ये एकमा जित, एकमा बराबरी र एकमा पराजित भएको बिराटनगर चार अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्