चितवनविरुद्ध विराटनगर २-० ले विजयी काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज विराटनगर सिटी एफसीले एफसी चितवनलाई २-० ले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले एक/एक गोल गरे। लिगका चारमध्ये दुईमा जित, एकमा बराबरी र एकमा पराजित भएको विराटनगर सात अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने चार खेलबाट दुई अंक जोडेको चितवन तालिकाको पुछारमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्