एनएसएलमा आज काठमाडौं र बुटवल लुम्बिनी भिड्दै काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। लिगका तीनमध्ये एकमा विजयी र दुईमा बराबरी खेलेको बुटवल लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै लिगका तीन खेलमध्ये एकमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको काठमाडौं अंक तालिकाको पाँचौं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्