![](https://www.dekhapadhi.com/uploads/posts/1620113505.172688997_2159136350883172_4110885499590555870_n.gif)
बुधबार हुने चेन्नई र राजस्थानको खेल पछि सारियो
एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार हुने राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबीचको खेल पछि सारिएको छ। चेन्नईका तीन सदस्यहरुमा कोरोना संक्रमणको पुष्टि भएपछि क्लबका सबै सदस्य क्वारेन्टिनमा बस्नुपरेका कारण खेल पछि सारिएको हो। लिगमा खेल स्थगित भएको यो दोस्रो पटक हो। यसअघि सोमबार हुने भनिएको कोलकाता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल कोरोनाका कारण रद्ध गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्