काठमाडौंद्वारा बुटवल लुम्बिनी १-० ले पराजित काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गरेको छ। काठमाडौंका लागि स्टेफन बनिङ्ले पाँचौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। लिगका चारमध्ये दुईमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको काठमाडौं सात अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा पाँच अंक रहेको बुटवल लुम्बिनी अंकतालिकाको चौथो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्