म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं। फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पहिलो लेगमा २–१ ले विजयी भएको सिटी गएराति घरेलु मैदानमा २–० ले विजयी भएपछि समग्रमा ४–१ को जितसहित पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको हो। सिटीको जितमा दुवै गोल रियाद महारेजले गरे। सिटीले अब उपाधिका लागि चेल्सी र रियाल मड्रिडबीचको विजेतासँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्