एमबाप्पे र राशफोर्ड विश्व फुटबलको वर्तमान र भविष्य हुन् : पोग्बा काठमाडौं। म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आफ्नै क्लबका फरवार्ड मार्कुस राशफोर्ड र पीएसजीका कालियन एमबाप्पे विश्व फुटबलको वर्तमान र भविष्य भएको बताएका छन्। पोग्बाको राष्ट्रिय टिमका सहयात्री २२ वर्षे एमबाप्पेले विश्वकप र चार फ्रेन्च लिग वानको उपाधि जितेर आफूलाई सफल खेलाडीका रुपमा उभ्याइसकेका छन्। त्यस्तै २३ वर्षीय राशफोर्ड युनाइटेड र इङ्ल्यान्डका महत्वपूर्ण खेलाडी भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्