युनाइटेडका सहअध्यक्ष ग्लेजरले समर्थकलाई सम्बोधन गर्न मानेनन् काठमाडौं। म्यानचेस्टर युनाइटेडका सहअध्यक्ष अब्राम ग्लेजरले युरोपियन सुपर लिग प्रकरण र त्यसपछि ओल्ड ट्राफोर्डमा भएको विरोध प्रदर्शनका विषयमा समर्थकलाई सम्बोधन गर्न अस्वीकार गरेका छन्। अब्राम अहिले पारिवारिक जमघटका लागि अमेरिकामा छन्। युरोपियन सुपर लिगमा खेल्न सहमत भएको भन्दै युनाइटेड समर्थकले रंगशालाको मैदानमै छिरेर विरोध गरेका थिए। साथै खेलाडी बसेको होटलअगाडि पनि विरोध गरेपछि लिभरपुलविरुद्धको खेल स्थगित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्