आईपीएल रद्द भए बीसीसीआईलाई २ हजार करोड नोक्सान एजेन्सी। अनिश्चितकालका लागि स्थगित भएको आईपीएल रद्द भएमा प्रशारण र प्रायोजक रकम मिलाएर भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) लाई दुई हजार करोडभन्दा बढी नोक्सान हुने भएको छ। सबैभन्दा ठूलो नोक्सान प्रशारणकर्ता स्टार स्पोर्टसको प्रशारण अधिकारको रकम हो। बोर्डले स्टार स्पोर्टससँग पाँच वर्षको १६ हजार ३४७ करोडको सम्झौता गरेको छ। जसअनुसार वार्षिक ३ हजार २६९.४ करोड रुपैयाँ दिनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्