अभिषेक रिजाल बुटवल लुम्बिनी एफसीमा अनुबन्ध काठमाडौं। राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। अक्सनमा आईकोनिक खेलाडीका रुपमा रहेका अभिषेकलाई कुनै टिमले लिएका थिएनन्। तर बिदेशी खेलाडी अर्माण्ड घाईते भएपछि बुटवलले अभिषेकलाई अनुबन्ध गरेको हो। बुटवल ५ अंकसहित तालिकाको चौथो स्थानमा छ। बुटवलले लिगको पाँचौ खेलमा ललितपुर सिटी एफसी र अन्तिम खेलमा धनगढी एफसीसँग खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्