इन्टर मिलान गम्भीर वित्तीय संकटमा
काठमाडौं। इन्टर मिलानका उपाध्यक्ष जाभियर जेनेट्टीले इटालियन सिरी ‘ए’ विजेता क्बल गम्भीर वित्तीय संकटमा रहेको बताएका छन्। एटलान्टाले सासउलोसँग १–१ को बराबरी खेलेपछि गत साता इन्टरले सिरी ‘ए’ उपाधि जितेको थियो। उपाधि जित्नुका बाबजुद कोरोना महामारीले उत्पन्न वित्तीय संकटका कारण मालिक सनिङ होल्डिङ्स ग्रुपले क्लब बेच्न लागेको चर्चा छ। सनिङ होल्डिङ्स ग्रुप चिनियाँहरूको स्वामित्वमा छ।
प्रतिक्रिया दिनुहोस्