युनाइटेडले आठ दिनमा चार खेल खेल्नुपर्ने एजेन्सी। म्याचेस्टर युनाइटेडका समर्थकको विरोध प्रदर्शनका कारण स्थगित लिभरपुलविरुद्धको खेल बिहीबार हुने भएको छ। यसको मतलब अब युनाइटेडले आठ दिनमा चार खेल खेल्नुपर्ने भएको छ। युनाइटेडको दुई खेलबीचको अन्तर ५० घण्टा मात्र हुनेछ। बुधबार हुने भनिएको लेस्टर सिटीविरुद्धको खेल एकदिन आगाडि मंगलबारलाई सारिएको छ। युनाइटेडले आज राति रोमा, आइतबार एस्टन भिल्ला, मंगलबार लेस्टर र बिहीबार लिभरपुलविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्