रियालका प्रशिक्षक जिदानले भने– चेल्सी जितको हकदार थियो
एजेन्सी। रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले चेल्सी जितको हकदार भएको बताएका छन्। रियाल चेल्सीसँग च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा २–० तथा समग्रमा ३–१ पराजित भएको थियो। आफूले छनोट गरेको टिमको रक्षा गर्दै जिदानले भने, ‘‘हाम्रा सबै खेलाडी फिट थिए। उनीहरुको प्रदर्शनमा मलाई गर्व छ। हामीले धेरै प्रयास गर्यौं। तर चेल्सीले राम्रो खेल्यो। अब ला लिगाको तयारी गर्नुपर्छ।’’
प्रतिक्रिया दिनुहोस्