नेपाल सुपर लिग : ललितपुरको पहिलो जित, बुटवल लुम्बिनी १-० ले पराजित
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई ललितपुर एफसीले १-०ले पराजित गरेको छ। लिगमा ललितपुरको यो पहिलो जित हो। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। पाँचमध्ये एकमा विजय, तीनमा बराबरी र एकमा पराजित ललितपुर अंकतालिकाको चौथो स्थानमा छ भने एकमा विजयी, दुईमा बराबरी र दुईमा पराजित भएको बुटवल लुम्बिनी पाँचौंमा छ।
प्रतिक्रिया दिनुहोस्