विराटनगरलाई ५-४ ले हराउँदै काठमाडौं रेजर्स प्लेअफमा काठमाडौं। मेसोउके ओलोमोउको ह्याट्रिकबाट काठमाडौं रेजर्सले विराटनगर सिटीलाई ५-४ ले हराउँदै नेपाल सुपर लिगको प्लेअफमा स्थान बनाएको छ। काठमाडौंका ओलोमोउबाहेक स्टेफन विनोङ र छिरिङ गुरुङले गोल गरे। विराटनगरका पेड्रो मान्सीले दुई तथा एडेलाजा सोमिडे र रञ्जित धिमालले एक-एक गोल गरे। काठमाडौंले पाँच खेलबाट १० अंक जोडेको छ भने सात अंकसहित तेस्रो स्थानमा रहेको विराटनगरको प्लेअफ सम्भावना कायमै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्