ओसाका र नाडाललाई लाउरेउस वर्ल्ड स्पोर्टस अवार्ड एजेन्सी। नाओमी ओसाका र राफेल नाडालले लाउरेउस वर्ल्ड स्पोर्टस अवार्डबाट सम्मानित भए। ओसाकाले २०२० मा युएस ओपनको उपाधि जितेकी थिइन्। नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै फेडेररसँग २० ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबर गरेका थिए। गत सिजन च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप विजेता बायर्न म्युनिखले टिम अफ दी इयर अवार्ड जित्यो। टेनिसकै विली जीन किंग लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्