नेपाल सुपर लिग : पोखराको अन्तिम चारमा सम्भावना कायमै, चितवन बाहिरियो काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा पोखरा थन्डर्स एफसीले चितवन एफसीलाई २-१ ले पराजित गर्दै आफ्नो अन्तिम चारमा सम्भावनालाई कायम राखेको छ। पोखराको जितमा नवयुग श्रेष्ठ र राफेल रिम्गागोले एक-एक गोल गरे भने चितवनका शिशिर लेखीले एक गोल गरेका थिए। चितवनका गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए। पोखरासँग पराजित चितवन लिगबाट बाहिरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्