पहिलो हाफमा ललितपुरलाई १-० को अग्रता काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी विराटनगर सिटी एफसीविरुद्धको खेलको पहिलो हाफमा ललितपुर सिटी एफसीले १-० को अग्रता बनाएको छ। ललितपुरका अन्जन बिष्टले खेलको ३६औं मिनेटमा टिमलाई पहिलो अग्रता दिलाएका हुन्। लिगको अन्तिम चारमा स्थान बनाउन दुबै टिमलाई आज जित्नै पर्ने दबाब रहेको छ। लिगमा सात अंक रहेको बिराटनगर तालिकाको चौथो र ललितपुर पाँचौ स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्