बुटवल लुम्बिनी अन्तिम चारमा, धनगढी १-० ले पराजित काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १-० ले पराजित गरेको छ। बुटवल लुम्बिनीको जितमा सुमन लामाले ८०औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै बुटवलले आफ्नो अन्तिम चारमा पुगेको छ। लिगमा आठ अंक जोडेको बुटवल तेस्रो स्थानमा उक्लिएको छ। लिगको शिर्ष स्थानमा रहेको धनगढीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्