साविक विजेता लिभरपुल छैटौं स्थानमा उक्लियो
काठमाडौं। सादियो माने र थियागो एलकान्ट्राको गोलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले पराजित गरेको छ। जितसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लिएको छ। लिभरपुलको जितले चौथो स्थानको लेस्टर सिटीमाथि दबाब थपिएको छ। लेस्टर पछिल्लो खेलमा न्युक्यासलसँग पराजित भएको थियो। मानेले ३१ र थियागोले ९०औं मिनेटमा गोल गरे। जितपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले शीर्ष चारको सम्भावना कायम रहेको बताए।
प्रतिक्रिया दिनुहोस्