पाकिस्तानविरुद्ध जिम्बाब्वे फलोअनमा
काठमाडौं। पाकिस्तानका हसन अलीले पाँच विकेट लिएपछि दोस्रो टेष्टमा जिम्बाब्वे फलो अनमा परेको छ। ५२/४ को स्थितिबाट तेस्रो दिन थालेको जिम्बाब्वेले १३२ रन बनाउँदा सबै विकेट गुमायो। जिम्बाब्वेका रेगिस चकब्बाले सबैभन्दा धेरै ३३ रन बनाए। अबिद अलीले अविजित २१५,अजहर अलीले १२६ र नौमन अलीले ९७ रन बनाएपछि पाकिस्तानले आठ विकेट गुमाएर ५१० रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्