जीतविहिन टुंगियो चितवनको एनएसएल यात्रा, काठमाडौं २-१ ले विजयी काठमाडौं। चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल) पहिलो सिजन जितविहिन टुंगाएको छ। आज भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्ससँग २-१ ले पराजित भएसँगै प्रतियोगितामा चितवन जीतविहिन रहेको हो। दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंका मेसौके ओलोमोउले र संजोक राईले गोल गरे। चितवनका राजिब लोप्चनले एक गोल गरे। जितसंगै काठमाडौं शीर्ष स्थानमा रहदै प्लेअफमा पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्