रियालले शीर्ष स्थानमा उक्लने मौका गुमायो एजेन्सी। इडेन हाजार्डले अन्तिम मिनेटमा गोल गरेपछि रियाल मड्रिड सेभियासँग हारबाट जोगिएको छ। २–२ को बराबरी खेलेपछि रियालले स्पेनिस ला लिगको शीर्ष स्थमानमा उक्लने मौका गुमायो। सेभियाका फर्नान्डो र इभान राकेटिचले गोल गरे। रियालका मार्को एसेन्सियो र हाजार्डले गोल गरे। रियाल ७५ अंक जोडेर दोस्रो स्थानमा उक्लियो। सेभिया ७१ अंकका साथ चौथो स्थानमा यथावत छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्