![](https://www.dekhapadhi.com/uploads/posts/1620615067.Juventus.jpg)
साविक विजेता युभेन्टसलाई शीर्ष चारमा रहन कठिन
एजेन्सी। एसी मिलानसँग घरेलु मैदानमै ३–० ले हारेपछि युभेन्टसलाई इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहन कठिन हुने भएको छ। मिलानका ब्राहिम डियाज, एन्टे रेबिक र फिकायो टोमोरीले गोल गरे। जितपछि मिलान ७२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टस ६९ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडि हो।
प्रतिक्रिया दिनुहोस्