पीएसजीको उपाधि यात्रामा धक्का
एजेन्सी। रेनेससँग १-१ को बराबरीमा रोकिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) को फ्रेन्च लिग वान उपाधि जित्ने अभियानमा धक्का लागेको छ। बराबरीपछि पीएसजी ७६ अंकका साथ दोस्रो स्थानमा छ। जुन शीर्ष क्लब लिलीभन्दा तीन अंकले पछाडि हो। तथापि लिगमा अझै ६ अंकको खेल बाँकी छ। पीएसजीले नेइमारको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको हो। ७०औं मिनेटमा सेह्रो गुइरासीले बराबरी गोल फर्काए।
प्रतिक्रिया दिनुहोस्