कोरोना पीडितलाई हैदराबादद्वारा ३० करोड सहयोग एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराईजर्स हैदराबादले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न प्रभावित मानिसहरुलाई राहत प्रदान गर्न ३० करोड भारु सहयोग गरेको छ। हैदराबादले भारतमा स्वयम्सेवी संगठनहरुको सहयोगमा चलिरहेको राहत कार्यका लागि ३० करोड भारु सहयोग गरेको हो। ‘यो रकमको प्रयोग भारतको विभिन्न राज्यमा चलिरहेको अभियानमा गरिनेछ। यसबाट पीडितहरुलाई अक्सिजन सिलिन्डर, औषधि आदि उपलब्ध गराइनेछ’, हैदराबादले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्