भारतका क्रिकेटरमा कोरोना भ्याक्सिन लगाउने होड
एजेन्सी। संसारलाई त्रस्त पारेको कोरोनाविरुद्धको भ्याक्सिन लगाउने होड भारतका प्रसिद्ध क्रिकेट खेलाडीमा पनि देखिएको छ। टिम इन्डियाका ६ खेलाडीले भ्याक्सिन लगाइसकेका छन् भने अरु प्रतीक्षामा रहेका छन्। भ्याक्सिन लगाउनेमा कप्तान विराट कोहली, इशान्त शर्मा, चेतेश्वर पुजारा, शिखर धवन, उमेश यादव र अजिन्ंक्या रहाणे रहेका छन्। कोरोनाकै कारण भारतमा आयोजित आईपीएल बीचमै रोकिएको थियो।
प्रतिक्रिया दिनुहोस्