च्याम्पियन्स लिगको फाइनल टर्कीमा नहुने सम्भावना काठमाडौं। कोरोना भाइरसको महामारीका कारण टर्की भ्रमणमा बेलायतले प्रतिबन्ध लगाएका कारण युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल सर्ने सम्भावना बढेको छ।खेल मे २९ मा टर्कीको स्थानबुलमा हुने तय भएको थियो। युइएफए, बेलायत सरकारका प्रतिनिधि र फुटबल एसोसिएसन, चेल्सी र म्यानचेस्टर सिटीबीच खेल स्तानबुलबाट सार्नेबारे छलफल भएको छ।छलफलअनुसार युईएफएले खेल वेम्बलीमा सार्न अनुमति नदिइसकेका कारण पोर्चुगलमा खेल हुने सम्भावना बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्