![](https://www.dekhapadhi.com/uploads/posts/1619590014.NSL.png)
काठमाडौं र धनगढीबीचको खेलको निर्णय अतिरिक्त समयबाट
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्र्तगत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेलको निर्णय अतिरिक्त समयबाट हुने भएको छ। प्लेअफको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्स र धनगढी एफसीले निर्धारित समय १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। खेलमा काठमाडौंका तेज तामाङले गोल गर्दा धनगढीका पुजन उपरकोटीले बराबरी गोल फर्काए।
प्रतिक्रिया दिनुहोस्