न्युजिल्यान्डका विकेटकिपर वाट्लिङले क्रिकेटबाट सन्यास लिने
एजेन्सी। न्युजिल्यान्डका विकेटकिपर बीजे वाटलिङले जुनमा हुने इंग्ल्यान्ड भ्रमणपछि सबै स्वरुपको क्रिकेटबाट सन्यास लिने भएका छन्। ३५ वर्षे वाटलिङले इंग्ल्यान्ड भ्रमणमा भारतविरुद्धको विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नेछन्। त्यसपछि इङ्ल्यान्डविरुद्ध दुई टेष्ट खेल्नेछन्। २००९ मा डेब्यु गरेका वाटलिङले सबै स्वरुपको क्रिकेटमा न्युजिल्यान्डबाट १०६ खेल खेलेका छन्। उनले ४ हजार ३८४ रन बनाउनुका साथै २८२ क्याच लिएका छन्।
प्रतिक्रिया दिनुहोस्